Letter-of-6,7,9-Result-pa-1623042693.jpg

अध्यक्षको भनाई

kul-sir-1622620918.jpg

श्री चन्द्रोदय माध्यमिक विद्यालय वि.सं. २०२२ सालमा स्थापित भई २०६७ सालबाट कक्षा १२ सम्म सञ्चालन भईरहेको छ । हेटौंडा औद्योगिक क्षेत्र लगायत मुख्य बजार नजिकको क्षेत्र भएकाले विशेष गरी अन्य केहि जिल्लाहरुबाट आएर औद्योगिक मजदुरी लगायत अन्य कार्य गर्ने शिल शिलामा अस्थाइ प्रकृतिका बसोबास गर्दै आएकाअभिभावकका वालवालिकाहरु पनि यस विद्यालयमा अध्ययन गदैै आएका छन् । २०७२ सालको भूकम्पले निम्त्याएको क्षतिको जर्जर अवस्थामा रहेको यस विद्यालय २०७४ सालमा नेपाल सरकारबाट नमुना विद्यालयमा छनौंट हुनुमा गौरवान्वित भएका छौं ।
स्थानीय स्रोत र साधनको अधिकतम उपयोगका साथ स्रोत साधनले सम्पन्न विद्यालयको रुपमा विकास गरी विद्यालयीय शिक्षामा बालबालिकाको सहज पहूँच, निःशुल्क तथा समाहित शिक्षा प्रदान गर्दै आधुनिक प्रविधिले युक्त शिक्षालयको रुपमा समेत विकास गरी सामुदायिक विद्यालयप्रतिको जनविश्वास कायम राख्दैआजको समकालिन समाजमा गुणस्तरिय शिक्षा प्रदान गरी अभिभावक तथा विद्यार्थीको पहिलो रोजाईको विद्यालयको रुपमा विकास गर्नु आजको आवश्यकता भइसकेको छ । विद्यालयलाई आजको यो अवस्थासम्म ल्याई पुर्याउन योगदान पुर्याउने अभिभावक, विद्यार्थी, शिक्षक/कर्मचारी, स्थानीय समूदाय, स्थानीय शिक्षाप्रेमी, बुद्धिजिवि, उद्योगी, व्यावसायी लगायत सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको अहम भूमिका रहदै आएको छ । आगामी दिनमा विद्यालयका योजनाहरु कार्यान्वयनका लागि उच्च प्रतिबद्धताका साथ सबै क्षेत्रबाट भएको अतुलनिय योगदानका निम्ति संलग्न सबैमा आभार व्यक्त गर्दैअझ बढी सहभागिता र सहयोगको अपेक्षा गर्दछु ।

कुल प्रसाद पौडेल
बि.व्य.स. अध्यक्ष

Do you want to enroll at our School? Get in touch!

Contact Us